भरतपुर / नेपाल राष्ट्र बैंकले डेविट कार्डको माध्यमबाट एक महिनामा ४ लाख रुपैयाँमात्रै झिक्न मिल्ने व्यवस्था गरेको छ। विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तोक्ने क्रममा राष्ट्र बैंकले डेविट कार्डमार्फत एक पटकमा २५ हजार रुपैयाँ, एक दिनमा एक लाख रुपैयाँ र मासिक ४ लाख रुपैयाँसम्म झिक्न मिल्ने व्यवस्था गरेको हो ।
सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइँदैन। तर ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म रकम झिक्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिलबमोजिमको रकम कार्डमार्फत् सम्बन्धित व्यावसायिक फर्मको खातामा भुक्तानी गर्दा उपयुक्त अधिकतम सीमाले बाधा नगर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । कुनै पनि सामान खरिद गरेपछि एटिएम कार्डमार्फत् भुक्तानी गरेमा जति पनि पाउने छन् ।
बैंक तथा वित्तीय संस्थाले प्रिपेड कार्ड जारी गर्दा प्रतिग्राहक एक लाख र कार्ड जारी गर्न अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुले अधिकतम २५ हजार रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन् ।
राष्ट्र बैंकले मोबाइल बैंकिङको अधिकतम सीमा प्रति दिन एक लाख रुपैयाँ र प्रति महिना १० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने व्यवस्था गरेको छ। इन्टरनेटमार्फत् हुने मर्चेन्ट भुक्तानीको सीमा प्रति दिन १० लाख रुपैयाँसम्म र प्रति महिना ३० लाख रुपैयाँसम्म पाइनेछ । साथै इन्टरनेटमार्फत् बैंक खातामा ट्रान्सफर गर्दा प्रति दिन १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँसम्म पाउने छन् ।
वालेटको माध्यममार्फत् गरिने भुक्तानीमा पनि राष्ट्र बैंकले सीमा तोकेको छ। एजेन्ट वा सवएजेन्टमार्फत् वालेटमा भुक्तानी गर्दा एक दिनमा २५ हजार रुपैयाँसम्म र मासिक एक लाख रुपैयाँसम्म मात्रै पाइनेछ ।
बैंक खाता तथा एक वालेटबाट अर्को वालेटमा फण्ड पठाउदा एक पटकमा २५ हजार रुपैयाँसम्म पाइनेछ । त्यस्तै एक दिनमा एक लाख रुपैयाँसम्म र एक महिनामा ५ लाख रुपैयाँसम्म पाइनेछ ।
- ADVERTISEMENT -

एटिएमबाट मासिक ४ लाख रुपैयाँ झिक्न मिल्ने : नेरा बैंक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98












