काठमाडौं / सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायात असोज १ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोेजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले असोज १ गतेसम्म सवारी सञ्चालन नगर्ने निर्णय गरेको जानकारी दिए ।
यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि नचलाउने निर्णय गरिएको उनले बताए ।
त्यस्तै असोज १ गतेसम्मका लागि पनि आन्तरिक हवाइ उडान सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बैठकले नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।
सम्झौता गरिएका मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागिएको नियमित अन्तर्राष्ट्रिय हवाई उडानको संख्या थप्ने निर्णय पनि गरेको छ ।
त्यस्तै प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसद र राष्ट्रियसभा सांसद रहने समितिले कोरोनाबारे भएरगरेका कामबारे अनुगमन गर्न सक्ने निर्णय बैठकले गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरीचिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको खतिवडाले जानकारी दिए ।
बैठकले वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा रोकिएको केराउ र मरिचको आयात फुकुवा गरेको छ ।
त्यस्तै सरकारले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

असोज १ गतेसम्म यातायात बन्द : प्रवक्ता खतिवडा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.10
153.70

European Euro
1
175.82
176.51

UK Pound Sterling
1
205.08
205.88

Swiss Franc
1
186.22
186.95

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.44
109.87

Singapore Dollar
1
119.97
120.45

Japanese Yen
10
9.76
9.80

Chinese Yuan
1
22.86
22.95

Saudi Arabian Riyal
1
40.76
40.92

Qatari Riyal
1
42.01
42.17

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.68
41.85

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
11.04
11.09

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
23.52
23.62

Hong Kong Dollar
1
19.52
19.59

Kuwaity Dinar
1
498.13
500.08

Bahrain Dinar
1
406.10
407.69

Omani Rial
1
397.66
399.22














