चितवन । चितवन जिल्लामा थप ३६ जनामा कोरोना भाईरस कोभिड–१९ संक्रमित थपिएको पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार राति २७ र भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा ९ गरी जम्मा ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजमा संक्रमित हुनेहरुमा भरतपुर वडा नं १ का २ पुरुष, ३ का १ महिला, १ पुरुष, ५ का ४ महिला, ६ का १ पुरुष, ७ का १ महिला, १० का ३ महिला, २ पुरुष, ११ का १ पुरुष, १२ का २ पुरुष, २३ का १ पुरुष, रहेका छन् भने रत्ननगर १६ का १ पुरुष, राप्ती ८ का १ पुरुष रहेका छन् । त्यसैगरी मनहरि ८ का १ महिला, हेटौंडा ५ का १ पुरुष, लुम्बिनी ६ का १ पुरुष, काठमाडौं ८ का १ पुरुष, वीरगंज ५ का १ महिला, धुरकोट ६ का १ महिला रहेका छन् ।
उता भरतपुर अस्पतालमा संक्रमित हुनेहरुमा भरतपुर वडा नं. ६,१०,११,१४ का ४ पुरुष, ३ महिला रहेका छन् भने गैंडाकोटका १ पुरुष, रुपन्देहीका १ पुरुष रहेका छन् ।
परीक्षणमा चितवनका मात्रै २८ र अन्य विभिन्न जिल्लाका गरी ८ जना संक्रमित रहेका छन् । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् भने राप्ती नगरपालिकाका १ र रत्ननगर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी मकवानपुरका २, रुपन्देहीका २, काठमाडौं, पर्सा, गुल्मी र नवलपरासी पूर्वका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनमा संक्रमित थप ३६ पुष्टि, भरतपुरका मात्रै २६ जना
September 5, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
