July 25, 2024
- ADVERTISEMENT -

गैंडा मृत अवस्थामा फेला

September 8, 2020
फोटो : हल्कारो समाचार ।

चितवन / चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेको अवस्थामा दुर्लभ एक सिंगे गैंडा मृत गैंडा फेला परेको छ । नारायणी नदीको टापु लौखानी पारी रातोपानी घोल भन्ने स्थानमा अन्दाजी २० वर्ष जतिको गैंडा मृत फेला परेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
भदौ २१ गते नै मृत गैंडा भेटिए पनि मंगलबार मात्रै निकुञ्जले सार्वजनिक गरेको हो । गैंडा टाउकोमा दुईवटा गोली लागेको अवस्थामा भेटिएको बरालले बताए।
यो वर्ष चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैंडा मरेका छन्।

- ADVERTISEMENT -