२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

प्रकाशित मिति : २०७७ भाद्र ३० गते
- ADVERTISEMENT -

जर्मन कपमा डर्टमण्डको फराकिलो जित

काठमाडौं । जुड बेलिंगहमले डेब्यू खेलमा गोल गरेको दिन बोरुसिया डर्टमण्डले गएराति जर्मन कपमा डुइसबर्गमाथि फराकिलो विजय हासिल गरेको छ ।
१७ वर्षे बेलिंगहम यसै सिजन बर्मिङघम सिटीबाट डर्टमण्डसँग अनुबन्ध भएका थिए ।
डर्टमण्डले १५औं मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता लिएको थियो। त्यसको १५ मिनेटपछि बेलिंगहमले अग्रता दोब्बर बनाएका थिए ।
३८औं मिनेटमा डोमिनिक भोल्कमरले रातो कार्डको सामना गरेपछि डुइसबर्ग १० खेलाडीमा सीमित बनेको थियो ।
थोर्गान हाजार्डले ३९औं मिनेटमा फ्रिकिकमा गोल गरे । ५०औं मिनेटमा जियोभानी रेनाले अर्को गोल थपे । ५८औं मिनेटमा मार्को रेउसले गोल गरेपछि डर्टमण्ड फराकिलो विजय हासिल गर्न सफल भएको हो ।
डर्टमण्डले अब १९ सेप्टेम्बरमा बोरुसिया मोन्चेनग्लाडबचविरुद्धको खेलबाट बुन्डेसलिगाको सुरुआत गर्नेछ ।

- ADVERTISEMENT -