काठमाडौं / विगत ५ महिनादेखि बन्द रहेका लामोदुरीका सवारी साधनहरु असोज १ गते देखि संचालन हुने भएका छन् । साथै बन्द रहेका होटलरेष्टुरेण्ट पनि असोज १ गतेबाट खोल्न पाइने निर्णय सरकारले गरेको छ ।
सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भाद्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उक्त कुराको जानकारी दिएका हुन । सवारी साधनले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउँने हुनाले अहिले चलेको भाडादरमा ५० प्रतिशत सम्म थपगरि लिन पाउने जनाईएको छ ।
यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्ने छ भने एक साईडमा एक जनाको दरले मात्र यात्रा गर्न पाईने छ । यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने सवारी साधन संचालकले ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था अनिवार्य गरेको हुनुपर्नेछ ।
आवश्यकता अनुसार अन्य मापदण्डहरु थपघट गर्नु परेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने बमोजिम हुने मन्त्री ज्ञवालीले जानकारी दिए । होटल तथा ट्रेकिङ व्यवसायहरुले पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर संचालन गर्न पाउने भएका छन् । मापदण्ड पालना गरे नगरेको अनुगमन संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । अहिलेसम्म होटल रेष्टुरेण्टले ‘टेक अ वे’ सेवा मात्र लिन पाउने व्यवस्था गरिएको थियो ।
यातायात असोज १ गतेबाटै, भाडा ५० प्रतिशत बृद्धि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
