२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

नेपाली रेल आज नेपाल ल्याउने तयारी : महानिर्देशक

प्रकाशित मिति : २०७७ आश्विन २ गते

काठमाडौँ / धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट आज (शुक्रबार) नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।
कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उताबाट कुनै समस्या आए पनि हाम्रा तर्फबाट कुनै पनि समस्या छैन ।”
भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।
जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसद्मा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68