April 13, 2024

नारायणीमा दाउरा निकाल्ने क्रममा बाबुछोरी बेपत्ता

September 18, 2020

नवलपरासी । नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा बाबु छोरी बेपत्ता भएको छन् । उनीहरु मध्यविन्दु नगरपालिका–१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उहाँका १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन् ।
नदीले बगाउँदा शुक्रबार बाबुछोरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए । बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -