March 16, 2025
- ADVERTISEMENT -

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

September 19, 2020

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिकाको वडा नंबर ९ रजैयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेकोे बा ३ ख ९६६४ नंबरको मिनिबस र हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नंबरको मोटरसाईकल एक आपसमा ठोकिदाँ दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
प्रवक्ता रानाका अनुसार मृत्यु हुनेमा मोटरसाईकल चालक भरतपुर महानगरपालिका वडा नंबर ७ का २९ वर्षीय दिपेन्द्र अधिकारी रहेका छन् । मिनिबस र चालक जिल्ला प्रहरी कार्यलय मकवानपुरको नियन्त्रणमा रहेको छ ।

- ADVERTISEMENT -