January 13, 2025
- ADVERTISEMENT -

रुसमा एक नेपालीले लिए कोभिड–१९ बिरुद्धको खोप

September 20, 2020
फोटो : तेमाल अनलाइन ।

काठमाडौं / रुसमा बस्ने एक नेपालीले कोभिड १९ बिरुद्धको खोप लिएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लिएका हुन् ।
नेपालको सल्यान पुर्खौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो । सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिने घोषणा गरेको थियो। डा. केसीका अनुसार उनी ३० हजार जना मध्येमा छानिएका थिए । श्रेष्ठलाई कोरोनाको खोप दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो ।
उपाध्यक्ष केसीले कोरोना भाइरसबिरुद्ध पहिलो खोप लिएकोकोमा खुःसी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । यसअघि नेपालका लागि रसियाली राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको कोरोनाविरुद्धको नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -