April 29, 2025

ससुरामाथि खुर्पा प्रहार गरी हत्या

September 21, 2020
- ADVERTISEMENT -

नवलपुर ज्वाइँले आफ्नै ससुरामाथि धारिलो खुर्पा प्रहार गरी ज्यान लिएका छन । आइतवार राती नवलपुरको कावासोती नगरपालिका–१५ शेरगञ्जका ३१ वर्षिय सुवास मगरले आफ्नै ससुरा बिष्णु राईको घाटीमा धारिलो खुर्पा प्रहार गरी ज्यान लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक खाँडका अनुसार ज्वाइँ ससुरामा सामान्य विवाद हँुदाहुँदै हतियार प्रहार गर्ने सम्मको घटना घटेको बताए । खुर्पा प्रहार गर्ने ज्वाइँलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -