२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

हात्ती व्यवसायीलाई मासिक ६५ हजार घाटा

प्रकाशित मिति : २०७७ आश्विन ५ गते

चितवन / चितवनमा हात्ती पाल्नेहरुको व्यथा अहिले हात्ती आयो हात्ती आयो फूस्सा झै भएको छ । बल्ल तल्ल ऋण गरेर हात्ती जोडजाम गरेपनि उल्टै ऋणमा डुब्दा सौराहाका हात्ती पालकहरुकालागि यो वर्ष हात्ती त आयो तर परिणामचाहि फुस्सा झै भएको छ ।
यहीँबाट दैनिक पर्यटक हात्ती चढेर एक सिँङ्गे गैंडा, बाघ सहितका वन्यजन्तु र प्राकृतिक मनोरमको मज्जा लिइरहेका हुन्थे तर अहिले हात्ती चढ्न वनाइएको मचान र प्रतिक्षालय सुनसान छ ।
गत चैत्र ९ गतेदेखि हात्ती चढ्ने कार्य ठप्प छ । हात्ती पाल्ने कम्पनीका कर्मचारी राजु आचार्यलाई चैत्र ९ अघिका दिनहरु सम्झदा अझै पनि रोचक र आनन्द लाग्छ ।
खचाखच पर्यटक, हात्तीलाई भ्याईनभ्याई हुन्थ्यो तर अहिले भएको एउटा हात्ती पाल्न पनि समस्या भइरहेको छ । महिनाको ६० देखि ६५ हजार खर्च हुन्छ भने विरामी परेको अवस्थामा १ लाख सम्म खर्च भएको रेकर्ड छ । विना आम्दानी यति धेरै खर्च धान्नु पर्दा समस्या भएको उहाँ बताउहुनुछ ।
कमल चौधरी २ वर्षदेखि माउते काम गर्नुहुन्छ । पर्यटकलाई पछाडी राखेर चितवन राष्ट्रिय निकुञ्ज घुमाएको यादलाई सम्झदै अहिले हात्तीलाई खुवाउने कुची बनाउनैमा उहाँको दैनिकी बनेको छ । राम बहादुर कुमाल पनि लामो समय माउतेको काम गरिरहनुभएको छ ।
तर कहिल्यै पनि विना आम्दानी यसरी हात्तीलाई खुवाउदै वाँध्दै राख्नुपर्छ भन्ने कल्पना सम्म गर्नुपरेको थिएन तर अहिले विहान उठ्ने घाँस काट्ने र हात्तीलाई खुवाएर दिन वित्ने गरेको छ । हात्तीलाई कसरी बचाउने भन्ने चिन्ता त छ नै यसले आम्दानीमा ठुलो असर पारेको छ ।
पर्यटकले दिने टिप्सले राम्रो आम्दानी हुने माउतेहरु अहिले तलवमा मात्रै सीमित रहेर परिवार पाल्नुपरेको छ । युनाइटेड हात्ती सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सेनाले लकडाउन अघि ५० वटा हात्ती रहेपनि अहिले घटेर ४० जति रहेको बताउनुहुन्छ ।
आम्दानी हुनै छाडेपछि हात्ती विक्रि गर्ने र भाडामा ल्याएकालाई फिर्ता गरेका छन् । हात्ती मरिहाल्यो भने त्यसको दाह्रा र काम लाग्ने महत्वपूर्ण बस्तु सरकारल लैजान्छ ।
तर अहिले संकटमा सरकारले हात्ती बचाइराख्न कुनै पनि सहयोगी कार्यक्रम ल्याएको छैन ।
हात्तीलाई भारी वोकाउन हुन्न भन्ने अधिकारकर्मीहरु पनि अहिले हात्ती भोकै पर्न लाग्दासम्म चुइक्क बोलेका छैनन भने सहयोग गर्ने त परका कुरा । डोलराज रानाभाट (ईमेज)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51