January 24, 2025
- ADVERTISEMENT -

नेपालमा थप १ हजार १५४ जना संक्रमित पुष्टि

September 21, 2020

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ११ सय ५४ जनामा कोरोना संक्रमण भएको छ । नियमित प्रेस व्रिफिङ मार्फत थप ११ सय ५४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा. गौतमका अनुसार १६ जनाको कोरोनाका कारण ज्यान गएको छ भने यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -