June 14, 2024

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

September 21, 2020

चितवन / मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित पाँच किलो भन्ने स्थानमा सोमबार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग ५ प ५०६४ नम्बरको मोटरसाइकल ११ः२० बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक गोरखा शहिदलखन गाउँपालिका–५ का १८ वर्षीय युवक करण आले मगर र पछाडी सवार सोही स्थानका ४५ वर्षीय सुनबहादुर थापा मगर गम्भीर घाइते भएका थिए ।
ती मध्ये पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सुनबहादुर मगरको मृत्यु भएको उहाँले बताउनुभयो । घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -