२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टिकौली दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति : २०७७ आश्विन १० गते
- ADVERTISEMENT -

चितवन / भरतपुरको टिकौलीमा सडक दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–हेटौडा सडक खण्डको टिकौलीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार शुक्रवार राति १० बजे टिकौली जंगलमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख १३६४ नम्वरको ट्रकले विपरीत दिशाबाट आईरहेको ना६४प ८३६३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो । ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर–१४ का अन्दाजी ३५ वर्षीय पुरेन्द्र गिरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । ठक्कर दिने दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -