April 29, 2025

अब मनकामना केवलकारको टिकट इसेवा र फोनपेबाट

September 30, 2020
- ADVERTISEMENT -

कुरिनटार / मनकामना दर्शन प्रा. लि. ले डिजिटल वालेट प्रयोग गर्ने भएको छ । प्रा.लि.ले मनकामना दर्शन जाने दर्शनार्थीहरुको लागि मनकामना केवलकारको टिकट किन्न इसेवा र फोनपेबाट किन्न सकिने स्टेशन प्रमुख उज्वल शेरचनले जानकारी दिए ।
उनका अनुसार प्रा. लि. ले डिजिटल वालेट प्रयोग गरेर मनकामना केवलकारको टिकट किन्न सक्ने व्यवस्था गरेको हो । जस अनुसार टिकट लिनकै लागि लाइन बस्नु नपर्ने भएको हो ।
हाललाई इसेवा र फोनपेबाट मनकामना केवलकारको टिकट किन्न सकिने व्यवस्था गरिएको उनले बताए । मनकामना केवलकार नेपालकै पहिलो केवलकार सेवा हो ।

- ADVERTISEMENT -