२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

बागमती सरकारद्वारा क्रिकेट रंगशालालाई ३ करोड सहयोग

प्रकाशित मिति : २०७७ आश्विन २२ गते
फोटो : कालिका दैनिक ।

मकवानपुर / बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३
करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गर्नुभएकाे हाे ।
कार्यक्रममा पाैडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गर्नुभयो । रंगशाला निर्माण तीव्र गतीमा भएको भन्दै खुशी व्यक्त गर्दै पाैडेलले रंगशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिनुभयो । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उहाँकाे भनाइ छ ।
रंगशाला निर्माणमा चुनौती धेरै रहेकाले जसरी पनि सफल बनाउनुपर्ने बताउँदै यो गौरवको आयोजना भएको बताउनुभयो । सरकारले सहयोग जारी राख्ने बताउदै उहाँले भन्नुभयो –‘आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झनु ।’
यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले पनि सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो । परिकल्पना अनुसार सफलताका लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छ्याएर अगाडि बढ्न सुझाव दिनुभयो ।
यसैगरी, फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिनुभयो । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर शुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयाे । रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरिरहेको कट्टेलले जानकारी दिनुभयो ।
सहयोगी मनहरुले सहयोग गरिरहेको भएपनि लकडाउनले परिस्थिति जटील बनाएको कट्टेलकाे भनाइ थियाे । उहाँले भन्नुभयो–‘अवस्था समस्याजनक छ तरपनि काम गर्दैछौं, बजारमा ७ करोड तिर्न बाँकी छ । तरपनि हामीले हिम्मत हारेका छैनौं ।’
कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर विक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले सहभागी हुनुहुन्थ्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20