२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

आभास रानाको लघुचलचित्र ‘घटनास्थल’ सार्वजनिक

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते

चितवन / सामाजिक बिषयवस्तुमा आधारित लघुचलचित्र आज सार्वजनिक गरिएको छ । निर्देशक आभास रानाद्धारा निर्देशित घटनास्थलको फूलपातीको अवसर पारेर सार्वजनिक गरिएको हो ।
समाजमा आपराधिक मनोवृत्तिका मानिसहरुमा पनि मानवीयता र करुणभाव हुन्छ भन्ने चलचित्रद्धारा देखाउन खोजिएको निर्देशक रानाले जानकारी दिए । चितवनमै छायांकन तथा सम्पादन गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा देव आर्यन, आभास राना, सपना रम्तेल, जस्मिन अधिकारी रहेका छन । यस्तै चलचित्रमा मेघराज पौडेल, कृष्णराज भट्ट, विशाल सिंह र नवराज क्षेत्रीको अभियनय रहेको छ ।
रानाका अनुसार चलचित्रमा एक अर्काप्रति आपराधिक र दुश्मन मनोवृत्ति विकास भई हत्या गर्न लागिएको अवस्थामा अपराधीले पश्चाताप मानी अपराध गर्न छोडेको बिषयबस्तुमा चलचित्रको कथा घुमेको छ । अपराधीहरु पनि बाध्यता र गलत संस्कार र संगतका कारण अपराधिक क्रियाकलापमा लागेको भएपनि उसमा मानवीय भावना ओतप्रोत भई अप्रिय घटना हुन नपाएको कथामा देखाउन खोजिएको छ । ‘अपराधीमा पनि मानवीय भावना हुन्छ, निर्देशक रानाले भने, यो चलचित्रले समाजमा यस्ता घटना न्यूनिकरण गर्न सहयोग पुग्नेछ ।’
लघुचलत्रिको कथा, छायांकन, परिकल्पना, सम्पादन पनि राना स्वयंले गरेका हुन । पिक्सेल प्यालेसद्धारा निर्माण गरिएको यो चलचित्र दर्शकले ‘पिक्सेल प्यालेस स्टुडियो’ युट्युब च्यानल मार्फत हेर्न सक्नेछन ।
यसअघि रानाले व्हाइट रिस्क,चितवन चकलेट, वाफ, मोड, चिम्टा लगायत दर्जनौ चलचित्रमा निर्देशन गरिसकेका छन भने सयभन्दा बढी मयूजिक भिडियोको निर्देशन समेत गरिसकेका छन ।
निर्देशक राना चितवन आधारित क्षेत्र रहेर समसामयिक र सामाजिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अब्बल निर्देशक मानिन्छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66