२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

प्राडा पौडेलको ‘कम्मरीदेखि कोभिड कहरसम्म’ पुस्तक विमोचन

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते

चितवन / प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तकको विमोचन गरिएको छ । हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तकको शुक्रबार रामेश्वर पुस्ताकालयमा एक कार्यक्रम बीच विमोचन गरिएको हो ।
कार्यक्रममा मानिसको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी समस्याको जानकारी दिने उद्देश्यले यो पुस्तक बजारमा ल्याइएको प्राडा पौडेलले बताए ।
लेखक पौडेलका अनुसार २२ लेखहरु हाडजोर्नी र नशासम्बन्धी मात्रै रहेका छन् भने अन्य लेखहरु समसामयिक स्वास्थ्यसम्बन्धी रहेको छ । अर्थोपेडिक चिकित्सकले नेपाली भाषामा अर्थोपेडिक विषयका अन्तरकुन्तर समेटेर लेखेको यो पहिलो पुस्तक हो । उहाँले समस्याहरूको जानकारी प्राप्त गर्न र घरमै बसी उपचार गर्नलाई समेत पुस्तक फाइदाजनक रहेको बताए । बचपनदेखि बुढ्यौलीसम्म र महिलाका पृथक समस्या यसमा केलाइएको छ ।
सकेसम्म नेपाली शब्दावली र साधारण भाषामा लेखिएका प्रसङ्गहरू कुनै किताबको सारांशजस्तो नभई लेखकको २० वर्षको कार्यअनुभवको आधारमा लेखिएको हो । कतिपय स्वास्थ्य समस्या यो पुस्तक पढिसकेपछि घरमै बसेर आफँै समाधान गर्न सकिने उनको भनाइ छ । लेखनकार्यमा रुचि राख्ने उहाँले वर्तमानमा विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का बारेमा पनि पुस्तकमा समेट्नु भएको छ । लेखकको यो पुस्तक खुशीहरुको वनवासपछिको दोस्रो हो । लेखक आफैँमा भरतपुर अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ हुनुहुन्छ । उहाँ अर्थोपेडिक विषयको प्राध्यापकसमेत रहनुभएको छ ।
कार्यक्रममा चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल र भरतपुर अस्पताका अर्थोैपेडिक विभागिय प्रमुख डा. श्रवणकुमार थापाले पुस्तकको समिक्षा गरेका थिए ।
प्राडा पौडेलद्वारा लिखित उक्त पुस्तक सङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो भने सम्पूर्ण किताव नारायणगढले वितरणमा सहयोग गरेको छ । प्राडा पौडेलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्साशास्त्रमा स्नातक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिकमा स्नातकोत्तर गरेका छन् । उनलाई नेपाल अर्थोपेडिक सङ्घको रजत वर्ष विसं २०७६ मा वरिष्ठ अर्थोपेडिक सर्जनलाई प्रदान गरिने नेशनल अवार्डसमेत प्रदान गरिएको छ ।
सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार गोविन्दराम विनोदीको प्रमुख आतिथ्यता रहेको थियो । विनोदीले प्रा डा पौडेललको पुस्तकको प्रसंसा गर्दै आगामी दिनमा पनि यस्तै लेखको अपेक्षा समेत गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, कवि एलवी क्षेत्रीलगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81