चितवन / प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तकको विमोचन गरिएको छ । हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तकको शुक्रबार रामेश्वर पुस्ताकालयमा एक कार्यक्रम बीच विमोचन गरिएको हो ।
कार्यक्रममा मानिसको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी समस्याको जानकारी दिने उद्देश्यले यो पुस्तक बजारमा ल्याइएको प्राडा पौडेलले बताए ।
लेखक पौडेलका अनुसार २२ लेखहरु हाडजोर्नी र नशासम्बन्धी मात्रै रहेका छन् भने अन्य लेखहरु समसामयिक स्वास्थ्यसम्बन्धी रहेको छ । अर्थोपेडिक चिकित्सकले नेपाली भाषामा अर्थोपेडिक विषयका अन्तरकुन्तर समेटेर लेखेको यो पहिलो पुस्तक हो । उहाँले समस्याहरूको जानकारी प्राप्त गर्न र घरमै बसी उपचार गर्नलाई समेत पुस्तक फाइदाजनक रहेको बताए । बचपनदेखि बुढ्यौलीसम्म र महिलाका पृथक समस्या यसमा केलाइएको छ ।
सकेसम्म नेपाली शब्दावली र साधारण भाषामा लेखिएका प्रसङ्गहरू कुनै किताबको सारांशजस्तो नभई लेखकको २० वर्षको कार्यअनुभवको आधारमा लेखिएको हो । कतिपय स्वास्थ्य समस्या यो पुस्तक पढिसकेपछि घरमै बसेर आफँै समाधान गर्न सकिने उनको भनाइ छ । लेखनकार्यमा रुचि राख्ने उहाँले वर्तमानमा विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का बारेमा पनि पुस्तकमा समेट्नु भएको छ । लेखकको यो पुस्तक खुशीहरुको वनवासपछिको दोस्रो हो । लेखक आफैँमा भरतपुर अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ हुनुहुन्छ । उहाँ अर्थोपेडिक विषयको प्राध्यापकसमेत रहनुभएको छ ।
कार्यक्रममा चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल र भरतपुर अस्पताका अर्थोैपेडिक विभागिय प्रमुख डा. श्रवणकुमार थापाले पुस्तकको समिक्षा गरेका थिए ।
प्राडा पौडेलद्वारा लिखित उक्त पुस्तक सङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो भने सम्पूर्ण किताव नारायणगढले वितरणमा सहयोग गरेको छ । प्राडा पौडेलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्साशास्त्रमा स्नातक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिकमा स्नातकोत्तर गरेका छन् । उनलाई नेपाल अर्थोपेडिक सङ्घको रजत वर्ष विसं २०७६ मा वरिष्ठ अर्थोपेडिक सर्जनलाई प्रदान गरिने नेशनल अवार्डसमेत प्रदान गरिएको छ ।
सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार गोविन्दराम विनोदीको प्रमुख आतिथ्यता रहेको थियो । विनोदीले प्रा डा पौडेललको पुस्तकको प्रसंसा गर्दै आगामी दिनमा पनि यस्तै लेखको अपेक्षा समेत गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, कवि एलवी क्षेत्रीलगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -
प्राडा पौडेलको ‘कम्मरीदेखि कोभिड कहरसम्म’ पुस्तक विमोचन
October 23, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -