April 23, 2025

मास्क प्रयोग गर्न आग्रह गर्दा २७ पटक चक्कु प्रहार

October 28, 2020
फोटो : नेपालखबरबाट ।
- ADVERTISEMENT -

काठमाडौं / मानिसको सोच, उनको कार्यशैली, जीवनयापन गर्ने तरिका सबैको भिन्नाभिन्नै हुन्छ । सबैको बेग्लाबेग्लै हुने भएकाले हाम्रो समाजमा समयसमयमा यस्तै गतिविधिहरुले चर्चा पाइरहेको हुन्छ या हुने गर्दछ । यी र यस्तै किसिमका गतिविधि अमेरिका गत आइतबार भएको छ ।
अमेरिकाको इलिनोइस्थित होमन स्क्वायरको एक स्टोरमा गार्डले मास्क र स्यानिटाइजर प्रयोग गर्न अनुरोध गर्दा उनीमाथि नै एक दिदीबहिनीले २७ पटक चक्कु प्रहार गरेका छन् ।
निथर जेसिका हिल र उनका १८ वर्षकी बहिनी जेला नाम गरेकी दिदीबहिनीले गार्डमाथि २७ पटक चक्कु प्रहार गरेको हो । सुरक्षागार्डले ती दिदीबहिनीलाई मास्क लगाउन र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका थिए ।
तर उनीहरुले सुरक्षागार्डको आग्रह बेवास्ता गर्दै उनीमाथि जाई लागेका थिए । सानो चक्कुले २७ पटक सुरक्षागार्डमाथि प्रहार हुँदा उनी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ती दिदीबहिनीले सुरक्षागार्डलाई डस्टबिनले पनि हिर्काएको बताइएको छ । प्रहरीले हाल उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरुवात गरेको छ । उनीहरुमाथि हत्या अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । –एजेन्सी

- ADVERTISEMENT -