काठमाडौं / बडादशैंको टीकाको चौथो दिन आजपनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्नेक्रम जारी रहेको छ । दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ ।
घटस्थापनाका दिन विधिपूर्वक दसैँघरमा टीका तथा जमरा स्थापना गरिन्छ । सोही टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ ।
ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दशैंमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ । दशैंले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ ।
यस वर्षको दसैँमा कोरोना महामारीको प्रभाव रहे पनि टीका तथा प्रसाद ग्रहण गर्ने क्रम भने जारी रहेको छ । परिवारजन तथा आफन्तकहाँ गएर टीका ग्रहण गर्ने क्रम पूर्णिमासम्म जारी रहने छ ।
- ADVERTISEMENT -

बडादशैंको चौथो दिन बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै
October 29, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
