January 21, 2025
- ADVERTISEMENT -

उपत्यकामै थपिए १८८८ जना संक्रमित

October 30, 2020
A view of Kathmandu Valley from Kirtipur, on Monday, August 29, 2016. The valley has witnessed excessive population boom over the past few years. Photo: THT

काठमाडौं / काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार देशभरमा भने ३५१७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ६० हजार ७४२ पुगेको छ । जसमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ ।
ललितपुर जिल्लामा कुल संक्रमितको संख्या ८५९९ जना रहेको छ । जसमध्ये ६१९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २३४५ रहेको छ ।
भक्तपुरमा ५६५० जना संक्रमित भएकामा ४ हजार ४२२ जना निको भएका छन् र ६३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ११६५ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -