January 13, 2025
- ADVERTISEMENT -

मिस नेपाल–२०२० को फाइनल मंसिर २० मा

November 10, 2020

काठमाडौं / मिस नेपाल २०२० को फाइनल मंसिर २० गते हुने भएको छ । कोरोनाका कारण रोकिएको प्रतियोगिताको फाइनल मंसिर २० गते हुने भएको हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णीकारले जानकारी दिए ।
उनका अनुसार केहीदिन अगाडि काठमाडौंमा अडिसन सम्पन्न गरिसकेको हो र फाइनलको तयारी सुरु गरिसकेको बताए ।
प्रतियोगिताका लागि २१ जना प्रतिस्पर्धी छनोट गरिएको छ भने यो वर्ष २१ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ उनले भने । यसका लागि हामीले देशका मूख्य ९ सहरबाट प्रतिस्पर्धी छनोट गरिसकेको बताए ।
यो वर्षको फाइनलमा दर्शक भने सहभागी हुने छैनन् । दर्शकले भर्चुअल रुपमा टेलिभिजन तथा सामाजिक सञ्जालमा फाइनल हेर्न सक्नेछन् । कोरोनाको जोखिमका कारण दर्शकको उपस्थितिमा कार्यक्रम गर्न सम्भव नभएको आयोजकको भनाइ छ ।
हिडन ट्रेजरले कोरोना संक्रमणको जोखिम सुरु हुनुभन्दा अगाडि नै काठमाडौं बाहेक मुलुकका अन्य आठ सहरमा अडिसन लिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -