२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

आईपीएलको उपाधि मुम्बईको पोल्टामा, लगातार दोस्रोपटक विजयी

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते
फोटो : गुगल ।

दुबई / इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले फाइनलमा पराजित गर्दै पाँचौँ पटक उपाधि हात पारेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा दिल्लीले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो। दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। मध्यम लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमै ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
मुम्बईको सहज जितका लागि कप्तान तथा ओपनर रोहित शर्माले ६८ रन जोडे। त्यस्तै इशान किसनले ३३ तथा क्वीन्टन डि ककले २० रन बनाए। यसैगरी सूर्यकुमार यादवले १९ रनको योगदान गरे ।
दिल्लीका एनरिच नोट्र्जेले २ तथा कगिसो रबाडाले १ विकेट लिए। त्यस्तै मार्कस स्टोनिसले १ विकेट हात पारे ।
यसअघि ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस अयरले ६५ रन बनाएका थिए। त्यस्तै रिसभ पन्तले ५६ रन जोडेका थिए भने शिखर धवनले १५ रन जोडेका थिए। यसबाहेक अन्य ब्याटसमेनले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्।दिल्लीलाई सस्तैमा रोक्न मुम्बईका ट्रेन्ट बोल्टले धारिलो बलिङ गर्दै ३ विकेट लिए। त्यस्तै नाथन कोल्टर निलले २ र जयन्त यादवले १ विकेट हात पारे।
हारसँगै पहिलो पटक फाइनल पुगेको दिल्लीले भने उपविजेतामै चित्त बुझाउनु प¥यो। राजस्थान रोयल्सका बलर जोफ्रा आर्चर १३औं संस्करणको आईपीएल टी(ट्वान्टी क्रिकेटको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन् । ‘सुपर स्ट्राइकर अवार्ड’ केइरन पोलार्ड र ‘पावर प्ले अवार्ड’ ट्रेन्ट बोल्टले जिते । यस्तै सबैभन्दा बढी रन बनाएर केएल राहुलले ‘ओरेन्ज क्याप’ पाएका छन् । सबैभन्दा धेरै विकेट लिएका कागिसो राबडाले ‘पर्पल क्याप’ पाएका छन् । ‘मोस्ट सिक्स अवार्ड’ इशान किसनले हात पारे । ‘इमर्जिङ प्लेयर अवार्ड’ देबदुत पडिकलले जित्दा ‘गेम चेन्जर’ अवार्ड केएल राहुलले जिते ।
मुम्बई लगातार आईपीएलको उपाधि जित्ने दोस्रो टिम बनेको छ । यसअघिको १२औँ संस्करणको आईपीएल उपाधि मुम्बईले नै जितको थियो । उसले फाइनलमा चेन्नई सुपर किंसलाई १ रनले पराजित गर्दै रोमाञ्चक रूपमा उपाधि हात पारेको थियो ।
लगातार आईपीएलको उपाधि जित्ने पहिलो टिम भने चेन्नई हो। उसले सन् २०१० र २०११ को आईपीएल उपाधि जितेको थियो ।
कोरोना महामारीका कारण मिति र स्थान परिवर्तन गर्दै १३औँ संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु भएको थियो। फाइनल सकिएसँगै आईपीएलको यो सिजन नाभेम्बर १० मा सकिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98