२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

खैरहनीमा सवारी दुर्घटना, एकको मृत्यु

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते
- ADVERTISEMENT -

चितवन / पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर १ तरकारीचोकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिएको छ । ठक्करबाट एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ५५४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५३ प ९७५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताए ।
ट्रकको ठक्करबाट गम्भीर घाईते मोटरसाईकल चालक गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले बताएको छ भने दुबै सवारी र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

- ADVERTISEMENT -