चितवन / भरतपुर म.न.पा. ५ कैलाशनगरबाट कौडा खेल्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कुखुराको खाली खोरमा कौडा खेल्ने २४ जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नान्तिराज गुरुङले जानकारी दिए ।
एसपी गुरुङका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ५ बस्ने वर्ष ४२ का सुनिल कुमार क्षेत्री, वर्ष २८ का सन्तोष थापा, वर्ष २१ का सन्जय घले, वर्ष २८ का सन्तोष प्याकुरेल, वर्ष ३५ का कमल तामाङ, सरोज अधिकारी, वर्ष ४४ का विकास अधिकारी, वर्ष ४३ का लेखबहादुर गुरुङ, वर्ष ४० का पूर्णबहादुर गुरुङ, वर्ष ४० का राजकुमार गुरुङ, वर्ष ५० का कृष्णबहादुर गुरुङ, वर्ष ३८ को प्रदिप सोडारी रहेका छन् ।
त्यस्तैगरी वर्ष ३८ का राजकुमार श्रेष्ठ, वर्ष ४१ का भुपेन्द्र श्रेष्ठ, वर्ष ५० को नन्दबहादु गुरुङ, वर्ष ४१ का योगेश्वर गौतम, वर्ष ४४ का तिलकनारायण श्रेष्ठ, वर्ष १८ का मनोज गौतम, वर्ष १८ का सन्तोष श्रेष्ठ, वर्ष ४७ का निलकण्ठ खरेल, वर्ष ४२ का योगेन्द्र मल्ल, वर्ष २८ का प्रजित ठकुरी, वर्ष २७ को विकास मानन्धर, वर्ष २१ का उमेश सुनार रहेको उनले बताए ।
उनीहरुबाट नगद रु. ५ लाख १७ हजार १सय ७५ र १६ थान कौडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
कौडा खेल्ने २४ जना पक्राउ, ५ लाख बढी बरामद
November 12, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
