January 21, 2025
- ADVERTISEMENT -

संक्रमित पत्रकारको नि:शुल्क उपचार : मन्त्री गुरुङ 

November 14, 2020
सांकेतिक तस्बिर

काठमाडौंँ / सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्नुु हुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उहाँले बताउनुभयो ।
श्रमजीवी पत्रकार र सञ्चारगृहबीच केही माग रहेको उल्लेख गर्दै उहाँले ती माग पूरा गराउन मन्त्रालयले पहल सुरु गरिसकेको बताउनुभयो । कस्तो पत्रकारिताबाट समृद्ध समाज निर्माण गर्ने, सुन्दर समाज निर्माण गर्ने तथा समाजमा असल नागरिक निर्माण हुन्छ, एकपटक सबैले सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
सञ्चार माध्यम नवीकरण अब प्रदेशस्तरीय हुलाक कार्यालयबाट हुने गरी मन्त्रालयले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच मन्त्री गुरुङले कोरोना भाइरसका कारण चलचित्र निर्माण हुन नसकेको अवस्थामा हतास र निराश नभई अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सभ्य र समुन्नत नेपाल निर्माण हुने तथा समाज रूपान्तरणमा योगदान पुग्ने गरी चलचित्रको निर्माण गर्न विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
शुक्रबार काठमाडौंँको चाबहिलस्थित चलचित्र विकास बोर्डको अनुगमन गर्ने क्रममा उहाँले कोरोनाको महामारीले सबै क्षेत्रलाई पीडा दिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
सङ्कटको यस घडीमा कसैले पनि निराश हुने, पलायन हुने गर्नु हुँदैन उहाँले भन्नुभयो । मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चलचित्र क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न लागिपर्ने बताउनुभयो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -