२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

चितवनमा थपिए ८ कोरोना संक्रमित

प्रकाशित मिति : २०७७ मंसिर ४ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको ६२ वटा नमुना परीक्षणमा ८ वटा नमुनाको कोभिड–१९ पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ३ जना पुरुष र ३ जना महिला रहेका छन् । यस्तै रत्ननगर नगरपालिका–१६ की २३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरी लमजुङको दोर्डि–६ का ५० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

- ADVERTISEMENT -