March 19, 2025
- ADVERTISEMENT -

चितवनमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

November 23, 2020
सांकेतिक तस्बिर ।

चितवन / जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ बस्ने ५५ वर्षीय सानुकाजी श्रेष्ठको आइतबार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज चितवनका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । घटनास्थल पूर्वी सेक्टरअन्र्तगतको कोर ईलाका हर्दा दोभान नजिकै रहेको छ ।
उनका अनुसार श्रेष्ठ अनुमति तथा जानकारी बिना अनाधिकृतरुपमा निकुञ्ज प्रवेश गरेको पाइएको बताए । यस आर्थिक वर्षमा मात्रै चितवन निकुञ्ज भित्र वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको उनले जानकारी दिए ।
निकुञ्जले ३ जनाको बाघको आक्रमणबाट, १ जना गैंडाको आक्रमणबाट र १ जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जनाएको छ । यसअघि निकुञ्जको कोर ईलाकामा घरपालुवा हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका माहुतेको समेत मृत्यु भएको थियो ।

- ADVERTISEMENT -