चितवन / चितवनको राप्ती न.पा. ७ हर्दिचोक नजिक सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा सोमबार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार राप्ति न.पा.–५, चितवन बस्ने वर्ष ३० का नवराज दनै र सोही ठाउँ बस्ने वर्ष २२ को सचिन दनैको ज्यान गएको हो ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एनएल१एल२४६० नं. को एलपी ग्यास ईण्डियन बुलेटले सोही दिशाबाट आइरहेको प्रदेश नं.३–००२प ११८ नं. को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रवक्ता थापाले जानकारी दिए ।
घाइते दुबै जनालाई उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटैमा मुत्यु भएको र मोटरसाइकल चालक खुल्न बाँकी रहेको उनले बताए । स्थानीयहरुले बाटो अवरोध गरेकाले खुलाउने प्रयास भएको बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा सवारी दुर्घटना, दुईजनाको मृत्यु
November 23, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
