January 13, 2025
- ADVERTISEMENT -

विश्वचर्चित म्याराडोनाको हृदयघातका कारण मृत्यु

November 26, 2020

एजेन्सी / महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको हृदयघातका कारण आज निधन भएको छ । दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो ।
६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो । शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए ।
त्यसअघि उनको बडीगार्डलाई कोरोना देखिएपछि म्याराडोना सेल्फ आइसोलेसनमा बसेका थिए । म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए । म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -