गुल्मी / गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका ४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इश्मा ४ हुलका ६५ वर्षका डम्बर बहादुर हितान, ३३ वर्षका शिव बहादुर दर्लामी, ३३ वर्षका धन बहादुर अछामी, ३० वर्षका बसन्त दर्लामी र मालिका गाउँपलिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका सोही स्थानका २८ वर्षकी सरस्वती दर्लामी र १९ वर्षका फर्सु थापा, २६ वर्षका कमल हितानको अवस्था गम्भिर रहेकोले उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको घटनास्थलबाट स्थानीय रामबहादुर कार्कीले बताउनुभयो ।
बिहान ७ः२० बजे भएको दुर्घटनामा जिप भिरबाट ४ सय मिटर तल खसेको र चालक इस्मा ४ बस्ने २४ बर्षका चालक बुद्ध बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गुल्मीमा जिप दुर्घटना हुँदा एकै गाउँका ५ को मृत्यु
November 27, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
