January 15, 2025
- ADVERTISEMENT -

नेपालमा २१११ कोरोना संक्रमणमुक्त, संक्रमित थप १३४३ जना

December 3, 2020

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहीबार थप १ हजार ३४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३४३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।
त्यस्तै नेपालमा २ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २० हजार २७२ संक्रमणमुक्त भएका छन् ।
त्यस्तैगरी आजै कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -