April 29, 2025

बुटवलको अपाङ्ग आश्रमलाई ३८०,६० रकम सहयोग

December 5, 2020
- ADVERTISEMENT -

चितवन / हाम्रो टिम नेपालले अपाङ्ग आश्रममा रहेका आश्रितहरुलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । बुटवलको देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमका आश्रितहरुलाई उक्त सहयोग रकम उपलब्ध गराएको हाम्रो टिम नेपालका भाग्य गायकले जानकारी गराए ।
आश्रमका लागि वैदेशिक रोगकारका सिलसिलामा प्रवासमा रहेका नेपालीहरु दुर्गापूजा लिम्बुले १९,५००, कमानसिंहले ३,६००, सिमा क्षेत्रीले ३,८००, डोल्मा लामाले ३,४९०, पारु थपाले ३,४९०, बिमला केसीले ३,४९०, बरखा बरखाले ६९० रुपैयाँ गरी कुल ३८,०६० रकम सहयोग उपलब्ध गराएको हो ।
सहयोगी दाताहरुलाई धन्यवाद तथा आभार हाम्रो टिम नेपालका तर्फबाट व्यक्त गरिएको थियो भने विगत ६७ सालदेखि संचालित संचालित भएको जानकारी गराइएको थियो । संस्थाले शारीरिक तथा मानसिक रुपमा अशक्त र सानै उमेरमा बाबा–आमा गुमाएका बालबालिकाहरुको सहयोग गर्दै आएको छ ।
कार्यक्रममा उक्त आश्रमको अवस्थाबारे जानकारी गराइएको थियो भने मनकारी र सहयोगी मन भएकाहरुलाई सहयोगको लागि पनि अपिल गरिएको थियो ।

- ADVERTISEMENT -