–सुरक्षा न्यौपाने
चितवन / चितवनमा विभिन्न कारणले बालबालिका बेपत्ता हुने क्रम नरोकिएको एक अध्ययनले देखाएको छ । कोरोना महामारीको समयमा समेत बेपत्ता हुने क्रम नरोकिएपछि थप चुनौति बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्क हेर्दा बालबालिका बेपत्ताको उजुरी पर्ने क्रम निरन्तर बढिरहेको छ । आफ्ना बालबालिका बेपत्तापछि खोजिदिन माग राख्दै निवेदन दिनेको संख्यामा बृद्धि हुँदै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रहरीको तथ्याङ्क अनुसार चितवनमा आर्थिक वर्षको ५ महिनामा मात्रै ३९ जना बालबालिका बेपत्ता भएका छन् । जसमध्ये ३० जना मात्रै फेला परेका छन् भने बाँकी अझै फेला परेका छैनन् ।
बालबालिका खोज्न अनुरोध गर्दै निवेदन पर्ने क्रम निरन्तर बढिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले बताए । उनले बेपत्ता भए लगत्तै निवेदन आउने र प्रहरी संयन्त्रपछि अधिकांश भेटिएको र नभेटिएकालाई खोजतलासको क्रम जारी रहेको जानकारी गराए ।
उनका अनुसार बेपत्ता हुनेमा १५ वर्षदेखि १८ वर्ष उमेर समुहका किशोरीहरु बढी छन् । यस्तै सोही अवधिमा यो वर्षको ५ महिनामा मात्रै १२ बालक बेपत्ता भएकोमा १० जना र २७ बालिकामा २० जना भेटिएका छन् ।
यस्तै गतवर्ष १ सय २५ जना बेपत्ता भएको निवेदन प्रहरीमा परेको थियो । ३५ बालक हराएकोमा ३५ जना नै फेला परेका थिए । ९० जना बालिका हराएकोमा ८८ जना फेला परेका छन् भने २ जना अझै बेपत्ता रहेका छन् ।
आर्थिक वर्ष ०७४/०७५ मा १ सय ३१ जना बालबालिका हराएकोमा १ सय २२ जना भेटिएका थिए भने ०७५/०७६ मा हराउने बालबालिकाको संख्या बढेर १ सय ७५ पुगेको छ भने सोही वर्ष भेटिएका बालबालिकाको संख्या भने १ सय ७४ जना पुगेको प्रहरीको भनाइ छ ।
- ADVERTISEMENT -

चितवनमा बालबालिका बेपत्ता हुने क्रम नरोकिएपछि थप चुनौति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20













