चितवन / चितवनको निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ‘गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । शनिबार सुरु भएको ‘गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता’मा टिम नारायणी र बागमतीबीच हुने भएको हो ।
भरतपुर महानगरपालिकाको रामपुरमा वाग्मती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा प्रतियोगिता शुरु भएको हो । उक्त खेल निर्माणाधीन रंगशालाको नमूना मैदानमा भइरहेको छ ।
प्रतियोगितामा सहभागिता जनाउने तीन टोली छन् । खेलमा टिम बाग्मती, टिम नारायणी र टिम राप्तीको सहभागिता रहेको छ । वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल रहेका छन् । यस्तै नारायणीको कप्तान सुबास खकुरेल रहेका छन् ।
यसअघि पूर्वराष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकोमा पारसलाई कोरोना पुष्टि भएपछि सुबासले कप्तानी सम्हालेका हुन् । राप्तीको कप्तानमा विनोद भण्डारी छन् ।
प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने छ ।
- ADVERTISEMENT -

चितवनमा ‘गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता’ सुरु, फाइनल मंसिर ३० गते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37











