२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा रक्त संकलन गर्न घुम्ती बस सञ्चालन

प्रकाशित मिति : २०७७ पुष ४ गते

चितवन / भरतपुर महानगरपालिकाको समन्वयमा गैरआवासीय नेपाली संघबाट सहयोग प्राप्त रक्त संकलन गर्ने घुम्ती बस क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरलाई हस्तान्तरण गरेको छ । शुभारम्भमै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पहिलो पटक बसमा बसेर रक्तदान गर्नु भएको हो ।
प्रमुख दाहालले मेडिकल सिटिको कुरा मात्रै गरेर नहुने, काम पनि गरेर देखाउने समय आएको बताए । महानगरले अहिले विकास निर्माणका कामसँगै शिक्षा र स्वास्थ्यलाई महत्वका साथ अघि बढाइरहेको उनको भनाइ थियो ।
सो अवसरमा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देश विकासका लागि अहिले सकल्पको आवश्यक रहेको बताए । व्यक्ति सम्बृद्ध भएर हुँदैन राष्ट्र सम्बृद्ध हुनुपर्ने उनको जिकिर थियो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल रेडक्रस सोसाईटीका कोषाध्यक्ष सिताराम कोईराला, चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता तेजेन्द्र खड्का लगायतले मन्तव्य दिएका थिए ।
यसैगरी नेपाली कांग्रेस चितवनका सहसचिव सूर्य अर्याल, गैर आवासीय नेपाली संघका सचिव आरके शर्मा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेल लगायतले बस आएसँगै रगतको अभाव कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
रक्तदानका लागि आवश्यक पर्ने अत्याधुनिक सुविधा सम्पन्न उपकरण जडान गरिएको बस बागमती प्रदेशमै पहिलो हो । बसभित्र रक्तदान गर्ने ठाउँ, प्रेसर नाप्ने ठाउँ, रक्त संकलनका लागि फ्रिज जस्ता उपकरण जडान गरिएको छ । बस प्राप्त भएसँगै बस भित्रै घुम्ती रक्तदानका कार्यक्रमहरु गर्न सहज हुने भएको छ ।
उक्त बस भन्सार र कर छुट बाहेक भारतीय रु ३५ लाखको लागतमा खरिद गरिएको संघले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10