चितवन / बोष्टन ईन्टरनेशनल कलेजको ईन्क्युवेसन विभाग, बिआईसी स्टार्टअप्सले ‘डेमो डे’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ईन्क्युवेसन विभागका ५ वटा सहभागी टिमहरुले शुक्रबार उद्यमशील व्यवसायको प्रस्तुति दिइएको हो ।
भरतपुरलाई नेपालमा उद्यमशील शहरका रूपमा स्थापना गर्ने लक्ष्यकासाथ कार्यक्रम मार्फत विगत छ महिनादेखि ईन्क्युवेसनमा प्रशिक्षित उद्यमीहरुलाई सार्वजनिक गरेको छ ।
बिआईसी स्टार्टअप्सका प्रमुख प्रेम गैरेले पहिलो कोहर्टको रुपमा इको–पोसाक, क्रिएटिभ डिल, सर्वोत्तम मसरुम फार्म, फिनान्टेलेक्ट र नेक्सस टेक सोलुसन गरी ५ वटा सिर्जनशील व्यवसायलाई विगत ६ महिनादेखि निरन्तर रुपमा तालिम, परामर्श एवम् अन्य तरिकाहरुबाट सहयोग प्रदान गरेको बताए ।
प्रमुख गैरेका अनुसार देशव्यापी लकडाउनको बावजुद जुममार्फत सुरु गरिएको कार्यक्रमले यस डेमो डे सम्पन्न गरेर एक चरण पार गरेको हो । उद्यमी विद्यार्थीहरुको छ महिनाको मिहिनेतलाई प्रस्तुत गर्ने कार्यक्रम नै ‘डेमो डे’ कार्यक्रम रहेको उनले भने ।
कार्यक्रमका सह–आयोजक ‘बोष्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ का सदस्यहरु उस्नता पाख्रिन, स्यारोना क्षेत्री, एसिका घले र समिक्षा उपरकोटीले उदघोषण गरेका थिए । सम्भावित लगानीकर्ताहरुको माझमा ५ वटा टिमको प्रतिनिधित्व गर्दै १० जना सहभागीले प्रस्तुति दिएका थिए ।
सहभागी पाँच उद्यमी टिमहरु मध्ये दुईवटा टिम विजयी हुने र विजेता टिमले दुई लाख रुपैयाँको ‘बिज पुँजी’ प्राप्त गर्ने प्रावधान रहेको उक्त कार्यक्रममा ‘सर्वोत्तम मसरुम फार्म’ र ‘क्रियटिभ डिल अर्बान फार्मिङ्’ विजयी बनेका छन् । कार्यक्रममा विजयीहरुलाई बोष्टन ईन्टरनेसनल कलेजका अध्यक्ष आनन्द बहादुर चन्दद्वारा चेक हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा निर्णायकत्रय राजु पौडेल, बहार कुमार र सिक्षित भट्टले उद्यमशीलताका सम्भावना तथा चुनौतिहरु र अगाडिको दिनमा नव–उद्यमीहरुले केकस्ता व्यवसायहरु सुरु गर्न सक्छन्, लगायतका बिषयमा आफ्ना धारणाहरु राखेका थिए ।
बिआईसी स्टार्टअप्सले हालसालै चितवन उद्योग संघसँग गरेको सहकार्य सम्झौताको स्मरण गर्दै चितवन उद्योग संघका अध्यक्ष एवम् बोष्टन कलेजका अध्यक्ष दुवै जनाले आगामी दिनमा सहकार्यको दायरा फराकिलो पार्दै चितवनलाई उद्यमशीलताको केन्द्र बनाउने दीर्घकालीन सोच एवम् रणनैतिक योजना रहेको जानकारी गराए ।
कार्यक्रम बोष्टन कलेजका अध्यक्ष आनन्द बहादुर चन्दको अध्यक्षता गर्नुभएको सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बिआईसी स्टार्टअप्सको “डेमो डे“ कार्यक्रम सम्पन्न

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
175.22
175.92

UK Pound Sterling
1
204.03
204.84

Swiss Franc
1
186.35
187.09

Australian Dollar
1
108.67
109.10

Canadian Dollar
1
109.02
109.45

Singapore Dollar
1
119.10
119.57

Japanese Yen
10
9.66
9.70

Chinese Yuan
1
22.48
22.57

Saudi Arabian Riyal
1
40.18
40.34

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.08
41.24

Malaysian Ringgit
1
37.30
37.45

South Korean Won
100
11.22
11.27

Swedish Kroner
1
15.75
15.81

Danish Kroner
1
23.44
23.54

Hong Kong Dollar
1
19.24
19.32

Kuwaity Dinar
1
491.47
493.42

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
391.89
393.45














