२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

‘द बर्गर हाउस’को ५०औं शाखा चितवनमा

प्रकाशित मिति : २०७७ पुष १५ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा ५०औं शाखाको बिस्तार गरिएको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’को शुभारम्भ भएको छ । भरतपुर–१० दिपेन्द्रचोकमा बुधबारबाट संचालनमा ल्याइएको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ ले कलेजका विद्यार्थीहरुका लागि लक्षित गरिएको संचालक सुमित दवाडीले जानकारी दिए ।
संचालक दवाडीका अनुसार पूर्ण पारिवारिक वातानुकुल फाष्टफूड बर्गर, क्रन्ची फ्राई चिकेन, मःमः, चाउमिन, ससेजलगायत परिकार पाइने छ भने बार आइटम पारखीहरुको लागि पनि व्यवस्था गरिएको छ ।


२०७६ कार्तिकबाट निर्माण कार्य थालनी गरिएको द बर्गर हाउस डेढ करोड बढी लगानी रहेको छ भने १ वर्षमा पूर्णता पाएको उनले बताए । २०७७ साल बैशाखबाट संचालन ल्याउने तयारी गरिए पनि कोभिड–१९ का कारण १ वर्ष पछि धकेलिएको हो ।
उनले एकै पटक १२५ जना ग्राहक क्षमता रहेको र विभिन्न किसिमका ५० देखि ६० जनासम्म अटाउने साना कार्यक्रमसमेत गर्न सकिने समेत बताए । उक्त हाउसमा अहिले २० जना मानिसले रोजगारी पाएको छ ।

२०७२ सालबाट नेपालका विभिन्न शहरहरु काठमाडौं, पोखरा, धरान, धनकुटालगायत ४९ वटा शाखा बिस्तार भइसकेको छ । चितवनमा फाष्ट फुड पारखीहरुका लागि उक्त हाउस पहिलो भएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -