२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

वेस्ट ह्याम अंक–तालिकाको पाँचौं स्थानमा

प्रकाशित मिति : २०७७ मंसिर १६ गते

लन्डन / इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले एस्टन भिल्लालाई २–१ गोल अन्तरले विजयी भएको छ । यससँगै सोमबार टोली अंक–तालिकाको पाँचौं स्थानमा उक्लिएको हो ।
टोलीका लागि एन्जेलो ओगबोना र जेरोड बोवेनले गोल गरे । भिल्लाका लागि ओली वाटकिन्सन पेनाल्टीमा चुक्नु महँगो साबित भयो । ज्याक ग्रेलिसले लागि एक गोल फर्काए । यससँगै भिल्ला लगातार चार खेलमा जितहीन भएको छ ।
वेस्ट ह्यामको भने यो लगातार तेस्रो जित हो । उसको १० खेलबाट १७ अंक भएको छ । सोमबारको अर्को खेलमा फुलहमले लेस्टर सिटीमाथि २–१ को जित निकाल्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -