काभ्रे / काभ्रेपलाञ्चोक जिल्लाको बेथानञ्चोक गाउँपालिका वडा नम्बर–१ मा तीनतले झरना र इन्द्रेणी झरना अवस्थित छ । विगत केही समयदेखि तीनतले झरना र इन्द्रेणी झरना अवलोकनका लागि आन्तरिक पर्यटक दिनानुदिन बढ्न थालेको छ ।
यसअघि चर्चामा नआएका यी दुई झरना स्थानीय युवाहरुले हाल प्रचार प्रसारमा जोड दिएपछि हाल तीनतले र इन्द्रेणी झरनाको चर्चा सुरु हुन थालेको छ । प्रचार प्रसारपछि च्याम्राङबेसी वडा नम्बर–१ च्यालममा रहेका यी दुई झरनामा दैनिक रुपमा आन्तरिक पर्यटक बढ्न थालेको हो ।
यी दुई झरना काठमाडौंदेखि ५५ किलोमिटर, बनेपाबाट ३१ किलोमिटर र पनौेतीदेखि २६ किलोमिटरको दुरीमा पर्दछ । जसले गर्दा पर्यटकीय पूर्वाधार निर्माणको सुरूवातसँगै यी दुई झरना छोटो समयमा नै अहिले आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेका छन् ।
वडाले तीनतले झरनाको सुधारका लागि दुई लाख बजेटसमेत विनियोजन गरेको छ । विदेशी पर्यटकका लागि समेत मुख्य गन्तव्य बन्न सक्ने यी दुई झरनामा विदेशी पर्यटक भित्र्याउनका लागि पर्यटन व्यवसायी समेत लागेका छन् ।
अहिले गाउँपालिकाका सबै स्थानमा सडक मार्गको सहज पहुँच भएसँगै पनि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । यी झरनामा पैदल यात्रा गरी गरिने दृश्यावलोकनको छुट्टै आनन्द त छँदैछ यदि आफ्नै सवारीसाधन मोटरसाईकल वा गाडीमा जान चाहे पनि सहजै पुग्न सकिन्छ ।
सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ । अहिले शनिबार र बिदाको दिनमा समूह–समूहमा पर्यटक यी दुई झरनामा पुग्ने गरेका छन् ।
पर्यटकीय दृष्टिकोणले राजधानीबाट नजिकै पर्ने भएकाले भविष्यमा यस दुई झरनाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने सम्भावना देखिन्छ ।
काभ्रेको ‘तीनतले’ र ‘इन्द्रेणी’ झरना पर्यटकीय गन्तव्य बन्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99












