मकवानपुर / वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी मकवानपुरकी एक महिलाको कुवेतमा मृत्यु भएको छ । कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत काँकडा मकवानपुरकी सरिता थिङको मृत्यु भएको हो ।
ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी अस्पातल भर्ना भएकी थिङको १० जनवरी आईतवार आदान अस्पतलमा उपचारकै क्रममा मृत्यु भएको नेपाली राजदूताबास कुवेतले जनाएको छ ।
थिङबिरुद्द २ बर्ष पहिले घरबाट भागेको (रनवे) मुद्दा परेको थियो । थिङ अबैधानिक रुपमा लुकेर काम गर्दै आएकी थिइन् ।
दूतावासका अनुसार अबैधानिक रुपमा भारतीय बाटो हुँदै आएको र श्रम सम्झौता पनि नगरेकाले थिङको शव नेपाल पठाउन लाग्ने खर्च परिवारले नै व्यहोर्न पर्ने जनाएको छ ।
मकवानपुरकी एक महिलाको कुवेतमा मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
