February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘केपी शर्मा ओली विध्वंसको अर्काे नाम’

January 16, 2021

दाङ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विध्वंसको अर्को नाम केपी शर्मा ओली भएको बताए ।
दाङको तुल्सिपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा शनिबार बोल्दै अध्यक्ष नेपालले ओली अव्यवस्थाता र अशान्ति चाहने विध्वंस व्यक्ति भएको आरोप लगाए । उनले नेपाली शब्दकोषमा भएका नराम्रा शब्दहरुको अर्को नाम केपी ओेली भएको पनि बताए ।
‘नेपाली शब्दकोषमा तपाईंले पढ्नुभएका नराम्रा शब्दहरुको अर्को नाम केपी ओली हो’, प्रधानमन्त्रीको मजाक उडाउँदै नेपालले भने, ‘नीति नियम नमान्ने, अस्तव्यत्त र शान्ति नचाहने व्यक्ति हुन ओली ।’
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘आफू बसेको कुर्सी पनि भाँचिदिन्छु भन्ने, घरमा भाँडभैलो मच्चाउने, संविधानमाथि कू गर्ने, कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने भएकाले उनी मुर्ख शासक हुन् ।’
भेट हुने जतिलाई केपी गुटको केन्द्रीय सदस्य बनाइदिने भएकाले विवेकशील मान्छे बालुवाटारको बाटो हिँड्न छोडेको भन्दै अध्यक्ष नेपालले काटाक्ष गरे ।

- ADVERTISEMENT -