February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

म्युजिक भिडियो ‘रोगै पिरतीको’ सार्वजनिक

January 19, 2021

चितवन / पछिल्लो समय म्युजिक भिडियोमा उदाउँदै गरेकी प्रमिशाको अभिनय रहेको ‘रोगै पिरतीको’ गित सोमबार सार्वजनिक भएको छ।
बिमल पौडेलको शब्द रहेको उक्त गीतमा पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको छ । पछिल्लो समयका चर्चित कोरियोग्राफर काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशनमा रहेको म्युजिक भिडियोमा लोकप्रिय मोडल अर्जुन गौतमसंगै प्रमिशा बस्याल र अर्जुन न्यौपानेले अभिनय गर्नुभएको छ ।
काठमाडौंमा छायांकन गरिएको सो भिडियो राजेश घिमिरे र टिमले खिच्नुभएको हो भने दिपक विष्टले सम्पादन गर्नुभएको हो । गत दिनहरुमा पनि अन्य म्युजिक भिडियोमा अभिनय गरेकी पाल्पाकी १६ वर्षीय प्रमिशाको यो भने तेस्रो भिडियो हो।

- ADVERTISEMENT -