२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

नेपाली काँग्रेसको आज देशभरका वडाहरुमा प्रदर्शन

प्रकाशित मिति : २०७७ माघ ८ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौँ / नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेपछि आन्दोलनरत काँग्रेसले आज देशभरका ६ हजार ७४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो।
प्रदर्शनको नेतृत्व गर्न नेताहरू विभिन्न जिल्लामा पुगेका छन् । कांग्रेसले यसअघि पुस १३ गते १६५ प्रतिनिधि सभा क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा क्षेत्र र माघ ३ गते सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन गरेको थियो।

- ADVERTISEMENT -