मकवानपुर / दुई महिनाअघि अपहरणमा परेको भनिएका चारमहिने शिशु खोज्न मकवानपुरको एक स्थानीय तहले तदारुकता देखाएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६, जोगीताल गाउँका चारमहिने शिशुलाई २०७७ साल गत मंसिर ३ गते अपहरण गरिएको आरोप शिशुका अभिभावकले लगाउँदै आएका छन् ।
अपहरणमा परिएको भनिएका शिशुको उद्धारका लागि मनहरी गाउँपालिकाको बालअधिकार समितिको बैठक बसी एउटा टोली नै भारत पठाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।
अध्यक्ष उप्रेतीका अनुसार स्थानीय सोमबहादुर र सीतामाया तामाङका चारमहिने शिशु (कृष्ण) को अपहरण भएको जानकारी स्थानीय तहलाई आएपछि बालअधिकार समितिको बैठक बसेको हो ।
अभिभावक सोमलाल र सीता काममा व्यस्त रहेका बेला झोलुङगोमा सुताइएका बालक कामबाट फर्किंदा नभेटिएपछि गाउँघरमा खोजी भएको थियो । चितवन घर भई भारतको राजस्थानमा बस्दै आइरहेका एक महिला आफन्त पनि आफ्ना सरसामानसहित बेपत्ता भएको पाइएपछि उनीमाथि शंका गरी खोजी थालिएको थियो। प्रहरीमा समेत उजुरी गरी खोजी गरिँदा पनि नेपालमा फेला नपरेपछि आफन्त महिलाले नै शिशुलाई भारतको राजस्थानमा लगेको खुलेपछि स्थानीय तहको सहयोगमा उद्धारका लागि पहल गर्न परिवारजनले आग्रह गरेको वडाध्यक्ष गोपीलाल मुक्तानले बताए ।
ज्याला मजदुरी गरेर हातमुख जोर्दै आइरहेका तामाङ परिवारमा अकस्मात छोरा हराएपछि थप समस्या बढेको छ । गाउँपालिकाले बालअधिकार समितिको बैठक राखेर जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, माइती नेपाल, हिमराइट्स, बालअधिकार सञ्जाल लगायतका प्रतिनिधिहरूको सहभागितामा शिशुको उद्धारका लागि पाँच सदस्यीय टोली निर्माण गरिएको छ । भारतस्थित माइती नेपाल र भारतीय प्रहरीसँग समन्वय गरी शिशु भएको स्थानसम्म पुगेर टोलीले शिशुलाई फिर्ता ल्याउने गरी काम अघि बढेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागार्इंले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
- ADVERTISEMENT -

अपहरित शिशु खोज्न टोली भारत जाँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20













