२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

प्रकाशित मिति : २०७७ माघ ९ गते
photo : halkaro samachar
- ADVERTISEMENT -

चितवन / चितवन राष्ट्रिय निकुञ्जका दुई वटा गैँडा मृत भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार माघ ७ गते निकुञ्जको कोर इलाका पदमपुर फाँटमा १८ महिनाको केटो बच्चा गैँडा र माघ ८ गते बेलशहरघाट क्षेत्रमा करिव ३० वर्षको भाले गैँडा मृत भेटिएको हो । अधिकारीका अनुसार गैँडा प्राकृतिक कारण मृत अवस्थामा भेटिएको हो ।
केटा गैँडाको ब्रम्हखाग र खुर तथा भाले गैँडाको खाग ,खुर सुरक्षित रहेको छ । यी दुई सहित चालु आर्थिक वर्षमा २२ वटा गैडा गुमाउन पुगेको निकुञ्जले जनाएको छ ।

- ADVERTISEMENT -