चितवन / रामजानकी बालिका आश्रम देवघाटलाई साईकल सहयोग भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १ देवघाटमा रहेको रामजानकी बालिका आश्रममा आश्रीत बालिकाहरुको लागि तिन थान साईकल सहयोग गर्नु भएको हो । आश्रममा रहेका बालिकाहरुलाई छोटो दूरीको यात्रा र अध्ययनका लागि सहयोग पुराउने उदेश्यले साईकल सहयोग गरीएको समाजसेवी रुपा पियाले बताउनु भयो ।
अघिल्ला वर्षहरुमा खाद्यन्न, न्यानो कपडा सहयोग गर्दै आएपनि यस वर्ष भने अध्ययन गर्न जादा समयको बचत होस भन्ने उदेश्यले साईकल सहयोग गरिएको पियाले बताउनु भयो । आश्रममा २३ जना बालिकाहरु आवासिय रुपमा रहेर अध्ययन गरीरहेका छन् । बिशेष गरेर बालिकाहरुलाई संस्कृति शिक्षामा अगाडी ल्याउने उदेश्य सहित बालिका आश्रम अगाडी बढेको छ ।
सो अवसरमा समाजसेवी विनिता केसीले एक थान र रुपा पिया, ओममाया तमाङ, धनु थापा, बिनिता केसी, हिरा आले, मनु राना, गिता श्रेष्ठ, ज्ञानु गुरुङ, प्रेमु राई, शोभा जिसी, पार्वती राई, कोपिला थापा, सरिता श्रेष्ठले सो साईकल सहयोग गर्नुभएको हो ।
रामजानकी बालिका आश्रमलाई ३ थान साईकल सहयोग
January 27, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
