२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

कर्मचारीकै मिलेमतोमा एक वर्षदेखि तेल चोरी

प्रकाशित मिति : २०७७ माघ १५ गते
photo : khabartarang

काठमाडौं / नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आईओसी) का कर्मचारीसँग मिलेर दुई वटा तेल ट्याकंरले एक वर्षदेखि तेल चोरी गरेर बेच्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गरेको दुई महीना लामो अनुसन्धानबाट निगमका कर्मचारीकै मिलेमतोमा विगत एक वर्षदेखि तेल चोरी भइरहेको खुलेको हो।
ट्याकंर चालकबाट सुरु भएको अनुसन्धानले नेपाल आगल निगमका कर्मचारीदेखि इन्डियन आयल कर्पोरेशन (आईओसी) का कर्मचारी, ट्याकंर कम्पनीका कर्मचारीसम्मको मिलेमतो रहेको पाइएको सिआइबीका निर्देशक, डीआइजी सहकुलबहादुर थापाले बताए।
वीर वेताल आशिर्वाद प्रालिको ना ७ ख २९९५ नम्बरको ट्यांकरका चालक, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ का ३५ वर्षीय अजय लामा, ना ७ ख ३६९६ ट्याकंरका चालक, अजयका भाइ २८ वर्षीय दिपेश भन्ने विकेश लामाबाट तेल चोरी भएको आशंकामा सिआइबीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानले त्यसमा निगमकै कर्मचारीको मिलेमतो देखाएको हो। चालक दाजुभाइसँगै पर्साको विन्दवासिनी गाउँपालिका–४, मधवल बस्ने बर्ष ४४ का मुन्सी भन्ने उमेश कुमार पाण्डेय (वीर वेताल आशिर्वाद प्रालिका सहायक ब्वस्थापक), बाराको जितपुर सिमरा–२१ का २३ वर्षीय प्रताप वहादुर पुलामी मगर (ना७ ख ३६९६ नम्बरको ट्यांकरका सहचालक), चितवनको राप्ती नगरपालिका–४, भवानीपुर बस्ने बर्ष १९ का पुड्के भन्ने राज परियार (ना ७ ख ३६९६ नम्बरको ट्यांकरका सहचालक), बाराको जितपुर सिमराका २३ वर्षीय संजित परियार (ना ७ ख २९९५ नम्बरको ट्यांकरका सहचालक), नेपाल आयल निगमको वीरगञ्ज शाखामा सहायक प्रबन्धक रहेका रंजित कापरी (क्यालिब्रेशन जाँच गर्ने) लाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको छ।
वीर वेताल प्रालिकै प्रबन्ध सञ्चालक र मुख्य व्यवस्थापक भोजराज भट्ट र सज्जन व्यन्जनकार भने अहिलेसम्म फरार भएकाले उनीहरुलाई फरार प्रतिवादी बनाउँदै सिआइबीले मुद्दा दर्ता गरेको छ।
यो सँगै तेल चोरी प्रकरणमा आइओसीका दुई कर्मचारीसहित चार जना भारतीय नागरिकको समेत संलग्नता रहेको पाइएको छ। ट्याकंरमा फल्स चेम्वर जडान गर्ने र फल्स चेम्वरको पेट्रोलियम पदार्थ खरिद गर्ने भारतीय दाजुभाइ साजन खान, उमेर खान र आइओसी रक्सौलमा कार्यरत कर्मचारी सुकदेव मण्डल र सशांक कुमार पनि तेल चोरी प्रकरणमा तानिएका छन्।
आइओसीका कर्मचारी मण्डल र कुमारले मिलेमतोमा फल्स चेम्बर बनाएर तेल चोरी गरेको ट्यांकरको क्यालिब्रेशन जाँच गरेर ठिक रहेको विवरण दिएको पाइएको निर्देशक थापाले नेपाल लाइभलाई जानकारी दिए। उनीहरुको हकमा भने पछि खुल्दै गरेको बेला मुद्दा दर्ता हुने उल्लेख गरेर मुद्दा दर्ता गरिएको छ। दुई महिना लगाएर गरेको अनुसन्धान सिआइबीबाट सरकारी वकिल हुँदै अहिले काठमाडौं जिल्ला अदालतमा पुगेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45