February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुरमा १ हजार ४ सय १९ जनाले लगाए कोरोना खोप

February 6, 2021

हेटौंडा / माघ १४ बाट सुरु भएको कोरोना भाइरस विरुद्धको खोप लागाउने अभियानमा आजको दिनसम्म मकवानपुरमा १ हजार ४ सय १९ जनाले खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा १ सय २० जनाले कोरोना विरुद्धको खोप लागाएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोनाविरुद्ध खोप लिनेको संख्या १ हजार ४ सय १९ जना पुगेको हो ।
खोप लिनेहरुमा प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक,फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक,खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयं सेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवकहरु रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
खोप लिनेहरुको स्वास्थ्य अवस्था सामान्यनै रहेको कार्यलयले जनाएको छ ।

- ADVERTISEMENT -